चितवनमा एच नाइन भाइरसको महामारीले मर्न थाले कुखुरा | Khabarhub Khabarhub

चितवनमा एच नाइन भाइरसको महामारीले मर्न थाले कुखुरा


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा एच नाइन भाइरसको महामारीले कुखुरा मर्न थालेका छन् ।

महामारीले धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन् । मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो ।  यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाँईले जानकारी दिए ।

‘काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं,’ उनले भने ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ५६ बजे

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन

तेह्रथुम– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

सुजाताले लेखिन् बुवा गिरिजाप्रसादबारे पुस्तक

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री स्वर्गीय

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति

अमेरिका र कोलम्बियाबिच विमान अवतरणमा सहमति

एजेन्सी – अमेरिका कोलम्बियासँगको अतिरिक्त करको निर्णयबाट फिर्ता भएको छ

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ

धनगढी– कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ