२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १,०१७ कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १,०१७ कोरोना संक्रमित


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १,०१७ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी जम्मा १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा १,५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप २,३४०  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ३५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर