श्रमिकको हकहित र न्यायका लागि काम गर्ने कार्यबहाक महावाणिज्यदूत पोखरेलको प्रतिबद्धता « Khabarhub

श्रमिकको हकहित र न्यायका लागि काम गर्ने कार्यबहाक महावाणिज्यदूत पोखरेलको प्रतिबद्धता



दोहा- साउदी अरबको जेद्धास्थित नेपाली महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्यदूत शत्रुघन पोखरेलले श्रमिक हकहित र न्यायका निम्ती काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

जिम्मेवारी सम्हाल्न जेद्धा पुगेका पोखरेलले आफ्नो भावी कार्य योजनाको बारेमा जानकारी दिदै जागिर भन्दा माथि उठेर काम गर्ने बताएका हुन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘जसरी तपाईहरुले योगदान गर्नु भएको छ त्यसरी नै श्रमिकहरुको हकहित, सुरक्षा र न्यायको निम्ती म काम गर्नेछु ।’

कार्यक्रममा एनआरएनए प्रवक्ता बिष्णु न्यौपानेले श्रमिकका समस्याका लागि एनआरएन साउदी अरबले नियोगसंग समन्वय गर्दै आएकाले अब थप सहयोग र सहकार्य हुने अपेक्षा गरे ।

श्रमिकको दक्षता छनोट गरेर मात्र काममा ल्याउने, न्युनतम पारिश्रमिक बृद्धि गर्ने, छिमेकी तथा तेस्रो मुलुक हुँदै साउदी अरबमा घरेलु महिला पठाउने दलालहरुलाई निस्तेज गर्नुपर्ने लगायतका समस्यालाई उनले कवितात्मक शैलीमा प्रस्तुत गरेका थिए ।

यस्तै एनआरएनए बरिष्ठ उपाध्यक्ष ध्रुब रिजालले एनआरएन साउदीले बिगतमा गरेका कार्यहरु र भूमिकाहरुको बारेमा अवगत गराएका थिए ।

श्रम सहचारी प्रेम प्रसाद उपाध्यायले वर्षेनी श्रम बजारमा आउने ५ लाख भन्दा बढी नेपाली युवाहरूलाई दक्ष बनाउने सीप सिकाउन पर्ने सुझाव दिए ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : ३४ बजे

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै