यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने « Khabarhub

यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसा भएका सबै देशका घरेलु कामदारहरूलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

सरकारी र अर्धसरकारी निकायका वैध रेसिडेन्सी भिसा भएकाहरु र महत्त्वपूर्ण संस्थाका कामदारका लागि प्रवेश अनुमति दिइने भएको हो । तर, यूएई पुगेपछि उनीहरूले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

पहिचान र नागरिकता (आईसीए)द्वारा राष्ट्रिय आपतकालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण (एनसीईएमए)को समन्वयमा घरेलु कामदारलाई प्रवेश अनुमति दिने निर्णय गरेको ईमर्जेन्सी प्राधिकरणले जनाएको छ ।

तर, उनीहरुले प्राधिकरणको वेबसाइट आईसीए डट जीओभी डट एइ (ica.gov.ae) मार्फत आवेदन पेश गर्नु पर्ने जनाएको छ ।

प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न सहयोग पुर्‍याउन पूर्व-प्रवेश परीक्षाको मापदण्डको पालनालाई जोड दिने गल्फ न्यूजले जनाएको छ ।

यूएईको यो निर्णयसंगै नेपालमा नयाँ भिसा लागेर बसेका नेपाली कामदारहरुलाई रोजगारीको लागि बाटो खुल्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : १० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको