यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने « Khabarhub

यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसा भएका सबै देशका घरेलु कामदारहरूलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

सरकारी र अर्धसरकारी निकायका वैध रेसिडेन्सी भिसा भएकाहरु र महत्त्वपूर्ण संस्थाका कामदारका लागि प्रवेश अनुमति दिइने भएको हो । तर, यूएई पुगेपछि उनीहरूले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

पहिचान र नागरिकता (आईसीए)द्वारा राष्ट्रिय आपतकालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण (एनसीईएमए)को समन्वयमा घरेलु कामदारलाई प्रवेश अनुमति दिने निर्णय गरेको ईमर्जेन्सी प्राधिकरणले जनाएको छ ।

तर, उनीहरुले प्राधिकरणको वेबसाइट आईसीए डट जीओभी डट एइ (ica.gov.ae) मार्फत आवेदन पेश गर्नु पर्ने जनाएको छ ।

प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न सहयोग पुर्‍याउन पूर्व-प्रवेश परीक्षाको मापदण्डको पालनालाई जोड दिने गल्फ न्यूजले जनाएको छ ।

यूएईको यो निर्णयसंगै नेपालमा नयाँ भिसा लागेर बसेका नेपाली कामदारहरुलाई रोजगारीको लागि बाटो खुल्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : १० बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले