क्वाट बैठकमा अमेरिकी विदेशमन्त्री पम्पेओको आग्रह– चीनको ‘शोषण, भ्रष्टाचार र जबर्जस्तीविरुद्ध’ एक होऔँ | Khabarhub Khabarhub

क्वाट बैठकमा अमेरिकी विदेशमन्त्री पम्पेओको आग्रह– चीनको ‘शोषण, भ्रष्टाचार र जबर्जस्तीविरुद्ध’ एक होऔँ


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको टोकियोमा जारी क्वाड बैठकमा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले चीनको ‘शोषण, भ्रष्टाचार र जबर्जस्तीविरुद्ध’ एकजुट हुन समकक्षीहरुलाई आग्रह गरेका छन्।

मंगलबार सुरु भएको सो बैठकमा जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी, अस्ट्रेलियाकी मराइज पेन र भारतका सुब्रमन्यम जयशंकर सहभागी छन्।

यीमध्ये अमेरिकी विदेशमन्त्री पम्पेओ सबैभन्दा उग्ररुपमा चीनविरुद्ध प्रस्तुत भएका थिए। उनले कोरोना भाइरसको महामारी वुहानबाट आएको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको ढाकछोपका कारण यसले भयंकर क्षति गरेको आरोप लगाए।

‘यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको शोषण, भ्रष्टाचार र जबर्जस्तीबाट हाम्रा जनता र साझेदारहरुलाई जोगाउन सहकार्य गर्नु अरुबेला भन्दा निकै महत्वपूर्ण बनेको छ,’ पम्पेओले भने।

तर, उनका समकक्षीहरुले भने आपसी सहकार्यमा बढी जोड दिएका छन्।

यसअघि सो बैठक भारतमा हुने चर्चा थियो। तर, चीन र भारतबीच मस्कोमा सम्झौता भएलगत्तै टोकियोमा बैठक हुने घोषणा गरिएको थियो।

क्वाडका विदेशमन्त्रीहरुले जापानका नयाँ प्रधानमन्त्री योसिहिदे सुगासँग पनि भेट गरेका छन्।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ०४ बजे

क्रान्ति सम्भव नभएपछि जनमत परीक्षणमा लाग्यौं : प्रकाण्ड

काठमाडौं- २०६४ सालपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुटेको

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

राँझा– बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित

‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

कर्णाली– विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य

आज विश्व सहरीकरण दिवस

काठमाडौं– सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन– गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज