कालीप्रसादले ‘इन्स्टाको फोटो’ चोर्ने, गुमनाम बस्ने? « Khabarhub

कालीप्रसादले ‘इन्स्टाको फोटो’ चोर्ने, गुमनाम बस्ने?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय हिट भएको गीत ‘इन्स्टाको फोटो’ कालीप्रसाद बास्कोटाले फ्रेन्च गीतबाट चोरी गरेको पाइएपछि फ्यानले सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् ।

गीत चोरी भएको थाहा नभएसम्म त फ्यानले उक्त गीतको तारिफ गरिरहेका थिए । तर, यो गीत चोरी गरेको थाहा पाएपछि फ्यानले खुलेरै विरोध गरेका छन् भने नजिकका साथीहरुले यसबारेमा बोल्न चाहँदैनन् । सीधै ‘नो कमेन्ट’ भनेर तर्किन खोज्छन् ।

‘इन्स्टाको फोटो’ गीत चोरी भएको थाहा पाएपछि यो गीत युट्युबको ट्रेन्डिङबाट पनि हटेको थियो । साथै यसको रिप्लाईमा एलिना चौहानले गाएको कभर गीत ट्रेन्डिङमा परेको थियो ।

पहिले त एलिनाले गाएको यो गीतलाई कालीले कपीराइट गरिदिएको समेत भनिएको थियो । अहिले भने चौहानले गाएको गीत पनि युट्युबमा भेटिन्छ । यो गीतलाई कालीप्रसाद बास्कोटाले फ्रेन्च गीतबाट चोरी गरेका थिए ।

यसबारेमा कालीप्रसाद बास्कोटासँग कुरा गर्दा सम्पर्क हुन सकेन । गीत चोरीको आरोप लागेपछि कालीप्रसाद बास्कोटा सम्पर्कमा आएका छैनन् ।

कालीले आफैले पनि गीत चोरी बारेमा बोल्नुपर्नेमा नेपाल आइडलको निर्णायक समेत बनेका काली यसरी गीत नै चोरी गर्न चाहिँ नहुने थियो भन्ने नैतिक प्रश्न उठेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : ५६ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ