चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ « Khabarhub

चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेर मङ्गलबार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मङ्गलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : १६ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक