चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ « Khabarhub

चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेर मङ्गलबार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मङ्गलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : १६ बजे

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर