नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो « Khabarhub

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल नेपालमा कोरोना संक्रमण भएर उपचाररत रहेका मानिसको खंख्या २५ हजार ७ छ।

यीमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। १४ हजार २०९ जनाको परीक्षण भएकोमा ३,४३९ जनामा कोरोना संक्रमण भएको पाइएको हो।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। यी मध्ये ७२.९ अर्थात् ६८ हजार ६६८ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : ०३ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२