ललितपुर महानगर प्रमुख महर्जन कोरोनामुक्त, वडाध्यक्ष संक्रमित | Khabarhub Khabarhub

ललितपुर महानगर प्रमुख महर्जन कोरोनामुक्त, वडाध्यक्ष संक्रमित


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

असोज ८ गते सङ्क्रमण पुष्‍टि भएर ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए । प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यका अनुसार आज दिउँसो ४ बजे महर्जनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

ज्वरो आउने र खोकी लाग्‍ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

सङ्क्रमणमुक्त भएसँगै अब उनी छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुने वज्राचार्यले जनाएका छन् ।

मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए ।

केही वडाध्यक्ष सङ्क्रमित भएसँगै कार्यालय बन्द

महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ज्वरो आउने र थकाइ लाग्‍ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा आज कोरोना पोजेटिभको नतिजा आएको ८ नं का वडाध्यक्षले बताए । उनले भने, ‘मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएर हामी दुवै होम आइसोलेसनमा बसेका छौं ।’

रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको १२ का वडाध्यक्षले बताए ।

‘मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उहाँसँगै एक बैठक बसेका थियौँ । उहाँमा कोरोना पोजेटिभ देखियो भनेर आफ्नो पनि परीक्षण गराउँदा नतिजा पोजेटिभ नै आयो’, उनले भने ।

ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको नं १९ का वडाध्यक्षको भनाइ छ ।

त्यसैकारण असोज २० देखि २७ गतेसम्मका लागि ८ नं वडा कार्यालय र १९ गतेदेखि एक हप्ताका लागि १९ नं वडाकार्यालय पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ५२ बजे

त्रिशूली नदीमा आएको बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट

जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका नेपाली जनसम्पर्क समितिको

त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार

काठमाडौं – नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

सिरहा– सिरहाको सिरहा नगरपालिका– ६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो