स्वस्थ हुन आजैदेखि चलाउनुहोस साइकल « Khabarhub

स्वस्थ हुन आजैदेखि चलाउनुहोस साइकल


२२ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल नेपालका गाउँ बाहेक शहरमा पनि साइकल चलाउनेको संख्या बढ्न थालेको छ । गाउँमा कामका लागी साइकल अत्यावश्यक हो भने शहरमा भने स्वास्थ बन्न साइकल चलाउछन् ।

यसले मानिसको स्वास्थ्यमा धेरै फाइदा र्पुयाउँछ । विकसित मुलुकका मानिस अफिस आउजाउमा साइकल नै रोज्छन् । साइकल चलाउने उमेर चाहिदैन । स्वास्थ्य विज्ञका अनुसार अन्य व्यक्तिको तुलनामा दैनिक ३० मिनेटभन्दा बढि साइकल चलाउने व्यक्ति स्वस्थ हुन्छन् ।

साइकल चलाउँदा हुने फाइदा
१. मोटोपना
दैनिक ३० मिनेटभन्दा बढि साइकल चलाउँदा हजारभन्दा बढि क्यालोरी खपत हुने भएकाले मोटोपन घट्छ ।

२. रक्तचाप
नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । रगतमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्दछ । रक्तचाप पनि नियन्त्रण गर्छ ।

३. मांसपेशी
सबैभन्दा सजिलो र बढि फाइदाजनक ब्यायाममा नै साइक्लिङ हो । नियमित साइक्लिङ गर्दा मांसपेशीहरु बलियो हुनुका साथै ढाड र गर्धनको दुखाईबाट राहत मिल्दछ ।

४. क्यान्सर
झट्ट सुन्दा पत्यार नलागे पनि साइकल चलाउनेमा स्तन र मलद्वार क्यान्सरको जोखिम कम हुन्छ । नियमित साइकल चलाउने ब्यक्तिमा क्यान्सर नियन्त्रित रहन्छ ।

५. मधुमेह
शारीरिक व्यायमको कमीले मधुमेह हुने गर्दछ । त्यसैले नियमित ३० मिनेट साइक्लिङ गर्ने व्यक्तिमा ४० प्रतिशतसम्म मधुमेह हुने खतरा कम हुन्छ ।

६. मानसिक रोग
तनाव, चिन्ता, डिप्रेसन, उदासिनतालगायतका मानसिक रोगमा समेत साइक्लिङ उपयोगी हुन्छ । नियमित साइकल चलाउँदा रमाइलो हुने र मानसिक तनावबाट मुक्ति मिल्छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : २५ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका