होम आइसोलेसनमा बसेका विराटनगरका संक्रमितको मृत्यु | Khabarhub Khabarhub

होम आइसोलेसनमा बसेका विराटनगरका संक्रमितको मृत्यु


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेका विराटनगरका एक वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज बिहान साढे ६ बजेतिर मृत्यु भएको महानगर प्रहरी कार्यालयका  निरीक्षक राजन पौडेलले बताए ।

ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

१९ गते रिपोर्ट पोजेटिभ आएपछि पनि उनलाई होम आइसोलेसनमै राखिएकोमा आज बिहान साढे ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ०९ बजे

काभा महिला भलिबल : नेपाल र किर्गिस्तानबीच आज उपाधि भिडन्त 

काठमाडौं– १९ वर्षमुनिको सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) महिला भलिबल

एन्फा लिग : काँक्रेविहार र जनजागृतिले बराबरी खेल्दा, टाइगर्सविरुद्ध हैरान्सको पाँच गोल

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा