किशोरीको हत्या आरोपमा एकजना पक्राउ « Khabarhub

किशोरीको हत्या आरोपमा एकजना पक्राउ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका–४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय फुल महम्मद रहेका छन् । प्रहरी अनुसन्धान अनुसार सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरेको देखिएको छ ।

घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई बुधबार राति पक्राउ गरेको हो ।

घटनामा संलग्न ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी भने फरार रहेको प्रहरी जनाएको छ

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ४ : ०४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा