हिरोले ल्यायो नयाँ स्कुटर, कति मुल्य ? « Khabarhub

हिरोले ल्यायो नयाँ स्कुटर, कति मुल्य ?


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिरो मोटोकर्पले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ‘मेस्ट्रो एज १२५’ नयाँ अप्सन सार्वजनिक गरेको हो।

यसलाई कम्पनीले ‘मेस्ट्रो एज १२५ स्टिल्थ’ नाम दिएको छ।

नवभारत टाइम्सका अनुसार यो स्कुटरको इन्जिन क्षमता १२५ सिसी छ। यो स्कुटरको फ्यूल एन्जेक्टेड भेरियन्टले ७ हजार आपिएममा ९.२ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ।

त्यस्तै कार्वोरेटर भेरियन्टको स्कुटरले ६ हजार ७ सय ५० आरपिएममा ८.८३ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ।

यसमा रहेको स्टार्ट स्टप टेक्नोलोजिले (हिरो आई३एस)ले माइलेज धेरै दिने कम्पनीको दावी छ। यसको सिटमुनी युएसपोर्ट दिइएको छ। जसले गर्दा यात्राको समयमा मोवाइल चार्ज गर्न सकिन्छ।

यसको अगाडिको चक्का १२ इन्च र पछाडिको १० इन्चको छ। यो ४ वटा रङ्गमा उपलब्ध छ। कम्पनीले भारतमा यसको मूल्य ७२ हजार ९ सय ५० रुपैयाँ निर्धारण गरेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : ४८ बजे

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष