बंगालको खाडीमा चक्रवात बन्दै,  नेपालमा पनि ठूलो वर्षा हुन सक्ने | Khabarhub Khabarhub

बंगालको खाडीमा चक्रवात बन्दै,  नेपालमा पनि ठूलो वर्षा हुन सक्ने


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगालको खाडीमा चक्रवात विकसित हुँदै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसमविद्ले जनाएका छन् ।

उक्त चक्रवात उत्तरतर्फ सरेमा नेपालमा ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

उक्त चक्रवात उत्तरतर्फ सरेको खण्डमा प्रदेश १ देखि प्रदेश ४ सम्म ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । तर, यसको अवस्था के हुन्छ भन्ने शनिबारसम्म थाहा हुने उनले बताए ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावलै नै अझै  मनसुन निस्क्रिय भइनसकेको महाशाखाले जनाएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भए पनि नेपालको पूर्वी भागमा पर्दा आज पनि देश १ का केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ बाहेकका क्षेत्रमा आजको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : १२ बजे

काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट

प्रहरी परिसर काठमाडौँ तोडफोड गर्ने १५ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँमा तोडफोड गर्ने १५ जना पक्राउ

हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री

कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण