पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ ।

कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँग बिहीबार भएको छलफलमा हालसम्मको प्रगतिका बारेमा जानकारी गराउँदै आयोजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताए ।

त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको उनले जानकारी दिए ।

हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताए ।

‘कोरोनाका कारण अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले छ महिनाअघि नै विमानस्थलको काम सक्ने हाम्रो लक्ष्य पूरा नभए पनि अबको काम उपकरण जडानको रहेकाले सामग्री आउनेबित्तिकै काम शुरु गरेर तोकिएको समयभित्रमा काम सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा छौँ’, उनले भने ।

आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको बताउँदै उनले राजनीतिक दलको समेत साथ र सहयोग आवश्यक रहेको बताए ।

नेकपा महानगर कमिटीका अध्यक्ष पौडेलले कोरोना महामारीका बेलामा समेत आयोजनाको काम सञ्चालन भएकामा आयोजना परिवार तथा निर्माण कम्पनीप्रति आभार व्यक्त गर्दै राष्ट्रिय गौरवको आयोजना निर्धारित मितिभित्रमै सम्पन्न गरेर नयाँ सन्देश दिनुपर्ने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ५१ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

झापा-५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

बिर्तामोड- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा

गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह

कैलाली– कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा

प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई