मुलुकभर पछिल्लो २४ घण्टामा २,०५९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

मुलुकभर पछिल्लो २४ घण्टामा २,०५९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १,००,६७६ पुग्यो


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

गत २४ घण्टामा १३ हजार २७९ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्यांकअनुसार देशभर हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा रहेका छन् ।

१६८० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : ४० बजे

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप