बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ।

यसैबीच, जिल्लामा आज थप २४ जना संक्रमित निको भइ घर फर्किएका छन्। जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन्। योसँगै बाँकेमा संक्रमण निको हुनेको संख्या एक हजार ७६२ जना पुगेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना