पीसीआर रिपोर्ट नेगेटिभ आएपछि वरिष्ठ हास्यकलाकार श्रेष्ठले यस्तो लेखे « Khabarhub

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि वरिष्ठ हास्यकलाकार श्रेष्ठले यस्तो लेखे


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

दुई दिन काममासँगै रहेका अर्का कलाकार हरिवंश आचार्य र उनकी पत्नीको रिपोर्ट पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनले आज आफ्नो रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमा लेखेका छन् ।

उलेन फेसबुकमा यस्तो लेखेका छन्-

हरिवंशले फोन गरेर “ दाइ, रमिला र मेरो PCR टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त” भन्दा म एकछिन त झसंग भएँ किनभने दुइ दिन बिहान देखि बेलुका सम्म एउटा शुटिङ्गमा व्यस्त भएका थियौ। फेरि एउटै गाडी चढेका थियौं । त्यस माथि आफू पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरी औषधी खाइराखेको मान्छे।

हुन त मलाई केहि हुँदैन भन्ने कुरामा ढुक्कै थिएँ तैपनि पनि क्या हो क्या हो , के भन्न सकिन्छ र।

“ह” लाई समाते पछि “म” लाई मात्र के बाँकी राख्ला र ? समात्यो होला बजियाले भन्या जस्तो गरी मेरो पालो चुपचाप घरैमा आइसोलेसनमै बसें।

आज बिहानै बी एण्ड बी अस्पतालबाट डा. नीरज बैद्यले पीसीआर टेस्ट गर्न एकजना मान्छे पठाइदिनु भएको थियो ।

अहिले भर्खर अस्पतालबाटै डा. रीना बैद्यले फोन गरेर “तपाइको रिपोर्ट नेगेटिभ आएको छ अंकल ” भनेर खबर गरिन्।

मैले उनलाई धन्यबाद दिएँ र तुरुन्तै हरीलाई फोन गरेर मेरो रिपोर्ट नेगेटिभ आएको कुरा सुनाएँ ।

मेरो कुरा सुनेर हरीले भन्यो – “ ओहो दाइ , खबर सुनेर मेरो त मनै हलुका भयो , मलाई आफ्नो भन्दा तपाइको बढी चिन्ता लागिरहेको थियो……”

यसअघि मह जोडीको ‘ह’ (हरिवंश) र उनकी श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको थियो।उनीहरू होम आइसोलेनसमा बसिरहेका छन्। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरूले बताएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : २० बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति