राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै, सन्दीप आज पनि बेन्चमा « Khabarhub

राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै, सन्दीप आज पनि बेन्चमा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार बेलुका राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

शारजाहमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली ब्याटिङमा उत्रँदै छ ।

हालसम्म दिल्लीले खेलेका पाँचवटै खेलमा मौका नपाएका सन्दीप छैटौं खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले कुनै परिवर्तन नगरी अघिल्लो खेलमा मैदान उतारेकै टोलीलाई निरन्तरता दिएको छ ।

राजस्थानले भने आजको खेलमा दुई परिवर्तन गरेको छ, अंकित राजपूत र टम करानको स्थानमा वरुण आरुन र एन्ड्र्यु टाइलाई मौका दिइएको छ ।

दिल्लीले हालसम्म खेलेका पाँच खेलमध्ये चारमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी राजस्थानले भने तीनमा हार व्यहोर्दा दुई खेलमा जीत निकालेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ५४ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार