सपनामा माउसुली देख्नु खतराको संकेत, मरेको मानिस देख्दा फाइदा ! « Khabarhub

सपनामा माउसुली देख्नु खतराको संकेत, मरेको मानिस देख्दा फाइदा !


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेकले सुतेको समयमा सपना देख्छन् । हरेक सपनाको अर्थ र त्यसको फल हुने धार्मिक मान्यता रहेको छ । सपना दुई खालका हुन्छन् ।

पहिलो हामी गहिरो निन्द्रामा भएको बेलामा देख्छौं र अर्को हामी आफ्नो राम्रो भविष्यका लागि सोच्छौं । सपना त्यो हो जो वास्तविक होइन तर एक सोच हो जो हामी चाहन्छौं कि भविष्यमा हामीलाई त्यस्तो चिज प्राप्त होस् । सपनामा देखिएका सबै चिज हाम्रो जीवनसँग जोडिएका हुन्छन् ।

सपनामा देखिने कुराहरु पुरा हुने र नहुने वा भविष्यमा तपाईमाथि आइपर्ने खतराका पूर्व संकेत पनि हुन् । त्यसैले सपनामा देखिएका कुरालाई वेवस्ता गर्नु भन्दा पनि त्यसको वास्तविकता जान्नु आवश्यक हुन्छ ।

कहिलेकाही नसोचेका वस्तु, जन्तु, चीज या घटना सपनामा देखिन्छन् । के हुन्छ त यस्ता कुराहरु सपनामा देख्दा ? हामी यसबारे केही जानकारी दिने प्रयास गर्ने छौं ।

कुकुर– सपनामा कुकुर देख्नु भयो भने त्यसको फरक फरक अर्थ लाग्छ । यदी कुकुर रोइरहेको छ भने तपाईको जीवनमा केही नराम्रो हुने संकेत हुन्छ ।

बिरालो– सपनामा बिरालो देख्नुको अर्थ निकट भविष्यमा नै तपाईको कोहीसँग झगडा हुँदैछ भन्ने अर्थ लाग्छ ।

गाई– सपनामा गाई देख्नुभयो भने पनि यसको फरक फरक अर्थ लाग्न जान्छ । सेतो गाई देख्नु भयो भने तपाईलाई चीनी वा चाँदीको व्यापारबाट लाभ मिल्नेछ । छिर्केमिर्के रंगको देख्नुभयो भने व्याजमा लगाउने धनबाट तपाईलाई लाभ हुन्छ ।
कालो नाग– यसको अर्थ आर्थिक लाभ हुँदैछ भन्ने हुन्छ ।

माउसुली– सपनामा माउसुली देख्नु निकै अशुभ मान्छि । माउसुली देख्दा दुर्घटना, घरमा चोरी लगायतका घटना हुनसक्ने पूर्व संकेत हुन सक्छ ।

सपनामा विवाह भएको देख्नु भएको भने निकट भविष्यमा तपाईमाथि ठूलो संकट आउँदैछ भन्ने अर्थ लाग्छ ।

मरेको मानिससँग कुराकानी गरेको सपनामा देख्नु भयो भने उक्त व्यक्तिको कुनै इच्छा पूरा हुन बाँकी रहेको बुझ्नु पर्छ ।

मृत्यु– यदी तपाई आफ्नो वा अरु कसैको मृत्युको सपना देख्नु भएको छ भने त्यो सकारात्मक हुन्छ । यसको मतलव जीवनमा केही समस्या समाप्त हुँदैछ वा केही नयाँ काम बन्न लागेको छ भन्ने बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ७ : ३० बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने