सपनामा माउसुली देख्नु खतराको संकेत, मरेको मानिस देख्दा फाइदा ! | Khabarhub Khabarhub

सपनामा माउसुली देख्नु खतराको संकेत, मरेको मानिस देख्दा फाइदा !


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेकले सुतेको समयमा सपना देख्छन् । हरेक सपनाको अर्थ र त्यसको फल हुने धार्मिक मान्यता रहेको छ । सपना दुई खालका हुन्छन् ।

पहिलो हामी गहिरो निन्द्रामा भएको बेलामा देख्छौं र अर्को हामी आफ्नो राम्रो भविष्यका लागि सोच्छौं । सपना त्यो हो जो वास्तविक होइन तर एक सोच हो जो हामी चाहन्छौं कि भविष्यमा हामीलाई त्यस्तो चिज प्राप्त होस् । सपनामा देखिएका सबै चिज हाम्रो जीवनसँग जोडिएका हुन्छन् ।

सपनामा देखिने कुराहरु पुरा हुने र नहुने वा भविष्यमा तपाईमाथि आइपर्ने खतराका पूर्व संकेत पनि हुन् । त्यसैले सपनामा देखिएका कुरालाई वेवस्ता गर्नु भन्दा पनि त्यसको वास्तविकता जान्नु आवश्यक हुन्छ ।

कहिलेकाही नसोचेका वस्तु, जन्तु, चीज या घटना सपनामा देखिन्छन् । के हुन्छ त यस्ता कुराहरु सपनामा देख्दा ? हामी यसबारे केही जानकारी दिने प्रयास गर्ने छौं ।

कुकुर– सपनामा कुकुर देख्नु भयो भने त्यसको फरक फरक अर्थ लाग्छ । यदी कुकुर रोइरहेको छ भने तपाईको जीवनमा केही नराम्रो हुने संकेत हुन्छ ।

बिरालो– सपनामा बिरालो देख्नुको अर्थ निकट भविष्यमा नै तपाईको कोहीसँग झगडा हुँदैछ भन्ने अर्थ लाग्छ ।

गाई– सपनामा गाई देख्नुभयो भने पनि यसको फरक फरक अर्थ लाग्न जान्छ । सेतो गाई देख्नु भयो भने तपाईलाई चीनी वा चाँदीको व्यापारबाट लाभ मिल्नेछ । छिर्केमिर्के रंगको देख्नुभयो भने व्याजमा लगाउने धनबाट तपाईलाई लाभ हुन्छ ।
कालो नाग– यसको अर्थ आर्थिक लाभ हुँदैछ भन्ने हुन्छ ।

माउसुली– सपनामा माउसुली देख्नु निकै अशुभ मान्छि । माउसुली देख्दा दुर्घटना, घरमा चोरी लगायतका घटना हुनसक्ने पूर्व संकेत हुन सक्छ ।

सपनामा विवाह भएको देख्नु भएको भने निकट भविष्यमा तपाईमाथि ठूलो संकट आउँदैछ भन्ने अर्थ लाग्छ ।

मरेको मानिससँग कुराकानी गरेको सपनामा देख्नु भयो भने उक्त व्यक्तिको कुनै इच्छा पूरा हुन बाँकी रहेको बुझ्नु पर्छ ।

मृत्यु– यदी तपाई आफ्नो वा अरु कसैको मृत्युको सपना देख्नु भएको छ भने त्यो सकारात्मक हुन्छ । यसको मतलव जीवनमा केही समस्या समाप्त हुँदैछ वा केही नयाँ काम बन्न लागेको छ भन्ने बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ७ : ३० बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क