जिउँदै जलाएर पुजारीको हत्या « Khabarhub

जिउँदै जलाएर पुजारीको हत्या


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएको छ।

राजस्थानस्थित करौली जिल्लाको बुकाना गाउँमा भएको जमिनको विवादका क्रममा पुजारीलाई पेट्रोल छर्केर आगो लगाइएको हो ।

जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। घटनास्थल करौली जिल्ला सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ ।

करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।

आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको पनि अन्य फरार भएका छन् । उनीहरुको खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ५३ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने