मलेसियाबाट ७ नेपालीको उद्धार « Khabarhub

मलेसियाबाट ७ नेपालीको उद्धार



दोहा- जनउद्धार केन्द्र मलेसियाले ७ नेपालीको उद्धार गरेको छ ।

गैरकानुनी रुपमा बसोबास गरेका तथा कोरोना भाइरस नियन्त्रणका लागि लगाएको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका ७ नेपालीको उद्धार गरिएको हो ।

जेल जीवन बिताइरहेका र घरफिर्ती केन्द्रमा रहेका ७ जना नेपालीलाई उद्धार गरि हिमालयन एअरलाइन्सको जहाजबाट स्वदेश फर्काइएको जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले जानकारी दिए ।

थापाका अनुसार सप्तरीका अनिल कुमार रजक तथा श्याम सुन्दर सदा, गुल्मीका गंगा बहादुर बस्नेत, बाँकेका गिरिजा प्रसाद महतो, राकेश यादब र राजुनाथ योगी तथा  संखुवासभाका राजेन्द्र बहादुर सिंहलाई स्वदेश फर्काइएको हो ।

जनउद्धार केन्द्रका उपाध्यक्ष रुप बहादुर टण्डन (भरत)ले उपलब्ध गराएको सहयोग रकम र घुम्टे युवा परिवार जापानले गरेको सहयोग रकमबाट दुइ वटा टिकट खरिद गरिएको थियो ।

बाँकी टिकट सम्बन्धित ब्यक्तिहरु कार्यरत कम्पनीसँगको सहकार्यमा जनउद्धार केन्द्रको विशेष पहलमा पीडितहरुलाई उपलब्ध गराइएको टण्डनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग