सिरहाको धनगढीमाई नगरपालिकाको सेवा बन्द « Khabarhub

सिरहाको धनगढीमाई नगरपालिकाको सेवा बन्द


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको धनगढीमाई नगरपालिकाकाले अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ६ दिन नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहले सूचना प्रकाशित गरी पिसिआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म सङ्क्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताइन् ।

कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले तत्काल पिसिआर परीक्षण गराउनसमेत सूचनामा आग्रह गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १० : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै