आइपीएलमा पञ्जाबको चौथो जित | Khabarhub Khabarhub

आइपीएलमा पञ्जाबको चौथो जित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले चौथो जित निकालेको छ ।

आबुधाबीमा शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

राहुलले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अग्रवालले ५६ रन बनाए । यस्तै निकोलस पुरनले १६ तथा ग्लेन म्याक्सवेल १० रन बनाए ।

कोलकाताविरुद्ध पन्जाब जित नजिक पुगेर पनि पराजित भयो । अन्तिम २ ओभरमा २० रन आश्यकता पर्दा मात्र २  विकेट गुमाएको  पन्जाबले १८औं ओभरमा कप्तान राहुलसहित २ विकेट गुमाउँदा ६ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक परेकोमा थप एक विकेट गुमाएर मात्र ११ रन बनाउन सक्यो ।

कोलकाताका प्रशिद्द कृष्णले ३ विकेट लिए । सुनिल नारिनको नाममा दुई विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान दिनेश कार्तिक र सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । कप्तान कार्तिकले ५८ रन जोड्दा गिलले ५७ रन बनाए ।

जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाब भने ७ खेलमा २ अंक जोडर  पुछारमा छ ।

 

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ५१ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न