२४ घण्टामा विश्वभर ५०७५ को कोरोनाले मृत्यु « Khabarhub

२४ घण्टामा विश्वभर ५०७५ को कोरोनाले मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर पछिल्लो २४ घण्टामा ५०७५ जनाको मृत्यु भएको छ ।

योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ७७ हजार ४५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८७८ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख ५४ हजार नाघेको छ ।

संक्रमितमध्ये २ करोड ८१ लाख १२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ६९४ जना संक्रमण मुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७९ लाख ४५ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७० लाख  ५१ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ९१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३० हजार ३०८ जनाको मृत्यु भएको छ । ५९ लाख ४३ हजार १६० जना संक्रमित भएकोमा ३० लाख १० हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : ४५ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि