२४ घण्टामा विश्वभर ५०७५ को कोरोनाले मृत्यु « Khabarhub

२४ घण्टामा विश्वभर ५०७५ को कोरोनाले मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर पछिल्लो २४ घण्टामा ५०७५ जनाको मृत्यु भएको छ ।

योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ७७ हजार ४५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८७८ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख ५४ हजार नाघेको छ ।

संक्रमितमध्ये २ करोड ८१ लाख १२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ६९४ जना संक्रमण मुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७९ लाख ४५ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७० लाख  ५१ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ९१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३० हजार ३०८ जनाको मृत्यु भएको छ । ५९ लाख ४३ हजार १६० जना संक्रमित भएकोमा ३० लाख १० हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : ४५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु