नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपतिको सन्देश–‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यप्राप्त हुने विश्वास « Khabarhub

नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपतिको सन्देश–‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यप्राप्त हुने विश्वास


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

नव वर्ष २०७६ का अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्यप्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छिन् । सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छिन् “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”

हाम्रो ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस भनी शुभकामना व्यक्त गर्दै उनले प्राकृतिक एवं सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधीन र स्वाभिमान राष्ट्रका रुपमा विश्व मानचित्रमा अङ्कित छ भनिन् ।

विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै उनले भनेकी छिन्, “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ।” सन्देशमा भनिएको छ, “नयाँ वर्ष २०७६ साल मुलुकमा समृद्धि र दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस् सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : १५ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।