जहाज खरिद गर्दा लिएको ऋणको साँवा–ब्याज नेपाल वायुसेवा निगमले तिर्न नसक्ने ! « Khabarhub

जहाज खरिद गर्दा लिएको ऋणको साँवा–ब्याज नेपाल वायुसेवा निगमले तिर्न नसक्ने !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवा–ब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ छ।

ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्त छ। निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ। निगमले पुसको किस्ता पनि पूरै तिरेको छैन। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार एक अर्ब १३ करोडमध्ये करिब ४४ करोड रुपैयाँ पुसमा तिरेको थियो। यसैगरी, चैतको किस्ता पनि निगमले पूरै नतिरेर जति आम्दानी भएको छ, त्यत्तिमात्रै तिर्ने तयारी गरेको छ।

‘हाम्रो योजना त पूरै तिर्ने हो,’ सहप्रवक्ता कोइरालाले भने, ‘पूरै किस्ता तिर्न पुग्ने गरी आम्दानी नभएको हुन सक्छ।’ उनका अनुसार पुगे पूरै, नपुगे जति पुग्छ, त्यत्ति तिर्ने योजना छ।

निगम एक अधिकारीका अनुसार निगमले चैतको किस्ताबापत पनि अघिल्लोमा जस्तै ४० देखि ५० करोड रुपैयाँमात्रै बुझाउने तयारी गरेको छ। यो भनेको तिर्नुपर्ने किस्ताको आधाभन्दा पनि कम रकम हो। किस्ता तिर्न नसकेपछि निगमले सरकारसँग पाँच अर्ब रुपैयाँ माग गरेको छ। निगम धराशयी बन्दै गएको भन्दै यसअघि २० अर्ब रुपैयाँ उपलब्ध गराउन सरकारसँग अनुरोध गरिएको थियो।

सरकारले २० अर्ब दिन अस्वीकार गरेपछि निगमले पाँच अर्ब भए पनि दिन अनुरोध गरेको छ। सोही पाँच अर्ब सरकारले दिएपछि जहाजको किस्ता तिर्ने तयारीमा निगम छ। सहप्रवक्ता कोइरालाका अनुसार यस विषयमा सरकारसँग वार्ता भइरहेको छ। सरकारसँगै ऋणदातासँग पनि छलफल भइरहेको निगमले बताएको समाचार नागरिकमा छ ।

किन तिर्न सकेन ?

निगमसँग रहेका अन्तर्राष्ट्रिय उडान गर्ने दुई न्यारो बडी, दुई वाइड बडी र एक बोइङ जहाज पूर्ण रुपमा सञ्चालन नहुँदा ऋणको किस्ता तिर्न नसकेको हो। पाँचवटा जहाजबाट निगमले दैनिक ७० घन्टा उडान गराउन सक्छ। तर, ती जहाजलाई दैनिक ३४ घन्टा मात्रै उडाइरहेको छ। निगमले क्षमताअनुसार जहाज नउडाउँदा आम्दानी कम छ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : ०२ बजे

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग