आईपीएलमा राजस्थानको तेस्रो जित, हैदराबाद ५ विकेटले पराजित | Khabarhub Khabarhub

आईपीएलमा राजस्थानको तेस्रो जित, हैदराबाद ५ विकेटले पराजित


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले ।

राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे । दुबैले छैठौँ विकेटका लागि ८५ रनको साझेदारी गरे ।

यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे । हैदराबादका राशिद खान र खलिल अहमेदले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा जोनी बेयरस्टोले १६ रन बनाए । केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए ।

जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

हैदराबाद ७ खेलमा ६ अंक नै जोडेको  हैदराबाद रनरेटका आधारमा राजस्थानभन्दा माथि अर्थात पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ४४ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका