चितवनमा थप एक संक्रमितको मृत्यु, ५५ जनामा संक्रमण « Khabarhub

चितवनमा थप एक संक्रमितको मृत्यु, ५५ जनामा संक्रमण


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पतालमा कोरोना संक्रमित  वेवारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

 थप ५५ कोरोना संक्रमित

चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितवन बाहिरका छन् ।

संक्रमित हुनेहरू ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्म छन् ।

भरतपुर अस्पतालले आइतबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १८ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका १ पुरूष, खैरहनीका ३ पुरूष, रत्ननगरका १ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

कालिकाका १ महिला र १ पुरूषमा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै पर्साका ६ पुरूष, मकवानपुर र तनुहँका १/१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : २५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज