विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु « Khabarhub

विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९ हजार ४३२ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ८३ लाख ४५ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ८२२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८६८ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ३८६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख  १९ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ९४ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३० हजार ९३९ जनाको मृत्यु भएको छ । ६० लाख ३३ हजार ३३४ जना संक्रमित भएकोमा ३० लाख २५ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ३० बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,