कतारमा काम गर्नुहुन्छ, यी हुन् दूतावाससँग सम्बन्धित काम  विशेषका ठेगाना « Khabarhub

कतारमा काम गर्नुहुन्छ, यी हुन् दूतावाससँग सम्बन्धित काम  विशेषका ठेगाना



दोहा- कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै काम विशेषका ठेगाना सार्वजनिक गरेको छ ।

अब कतारमा कार्यरत नेपाली श्रमिकहरुले आफ्नो काम अनुसारको कागजात दूतावासले उपल्ब्ध गराएको सम्बन्धित इमेलमा पठाउन सक्नेछन् ।

दूतवासाले  काम सहज र छिटो बनाउन काम विशेषका छुट्टा छुट्टै इमेल सार्वजनिक गरेको छ । दूतावासले कन्सुलर सेवा, पासपोर्ट सेवा तथा श्रम सम्बन्धी सेवाका अलग/अलग इमेल ठेगाना  र त्यसका लागि चाहिने आवश्यक कागजातको विवरणसमेत सार्वजनिक गरेको छ ।

कन्सुलर सेवाका लागि

कन्सुलर सेवा अन्तर्गत चारित्रिक प्रमाणपत्र, अधिकृत वारेशनामाको प्रमाणिकरण, कागजात प्रमाणिकरण, जो जससँग सम्बन्धित छ भन्ने व्यहोराको पत्र, भिसा, गैरआवासीय नेपाली परिचय पत्र र शव नेपाल पठाउन आवश्यक हुने कागजातका लागि [email protected] मा इमेल पठाउन दूतावासले अनुरोध गरेको छ ।

पासपोर्ट सम्बन्धी कामका लागि

पूरानो पसापोर्टको आधारमा नयाँ पासापेर्ट लिनको लागि आवेदन दिँदा, नाबालकको नयाँ पासपोर्टका लागि आवेदन दिँदा, हराएको पासपोर्टको सट्टा नयाँ पासपोर्टको लागि निवेदन दिँदा, जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रिएको पासपोर्टको सट्टा नयाँ पासपोर्टका लागि आवेदन दिँदा, अस्थायी पासापोर्टको लागि, एकतर्फी यात्रा अनुमतिका लागि र व्यक्तिगत माग प्रकाणिकरण गर्नु परेमा [email protected]  कागजातसहित इमेल गर्न सकिने छ ।

श्रम सम्बन्धी कामका लागि

मागपत्र प्रमणिकरण, घरेलु कामदारको पुनः श्रम स्वीकृतिको सम्बन्धमा र श्रम सम्बन्धी अन्य जानकारी र गुनासो राख्नका लागि [email protected]मा इमेल गर्न सकिन्छ भने अन्य जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : १० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित