भिसाको म्याद सकिएकाबाट यूएईले लिन थाल्यो जरिवाना | Khabarhub Khabarhub

भिसाको म्याद सकिएकाबाट यूएईले लिन थाल्यो जरिवाना



दोहा- यूएईमा म्याद सकिएर बसेकाहरुले जरिवाना तिर्न पर्ने भएको छ ।

यूएई सरकारले जुलाई १० मा घोषणा गरेको तीन महिनाको समयावधि अक्टोबर ११ अर्थात् आइतवार समाप्त भएपछि जरिवाना लिन थालेको हो ।

यूएईका इमिग्रेसन अधिकारीहरूका अनुसार एमिरेट्स आईडी कार्डहरूमा उल्लेखित समयावधी समाप्त भएकाहरूले देश छोड्नु अघि वा भिसा नवीकरण गर्नुअघि जरिवाना तिर्नु पर्नेछ।

निवास भिसाका लागि पहिलो दिनको लागि १२५ दिराम र  त्यसपछि दोश्रो दिनदेखि दैनिक २५ दिरामको दरले जरिवाना तिर्नु पर्ने जनाएको छ ।

यदि एक व्यक्ति ६ ​​महिनाभन्दा बढी बस्यो भने दैनिक ५० दिरामसम्म तिर्नु पर्ने  र एक बर्षपछि यो म्याद सकिए यूएईमा बिताएको प्रत्येक दिनवापत १०० दिरामसम्म जरिवाना तिर्नु पर्ने गल्फ न्यूजले जनाएको छ ।

भिसा जुलाई ११ पछि समाप्त भयो भने के हुन्छ ?

यदि तपाईंको भिसा ११ जुलाईपछि समाप्त भएको छ भने तपाईं विशेष तीन-महिना अनुग्रह अवधि अन्तर्गत पर्दैन । तपाइँलाई भिसा नविकरण गर्न केवल सामान्य ३० दिनको अवधि पछि समाप्त हुने अनुमति छ ।

यस अवस्थामा जरिवाना एक महिनाको अवधि पछि सुरु हुनेछ । यदि तपाइँको भिसा जुलाई १२ मा समाप्त भयो भने तपाईसँग भिसा नवीकरण गर्न अगस्ट ११ सम्म मात्र समय थियो ।

यदि भिसा मान्य छ र युएई बाहिर भए के हुन्छ ?

दुबईको विदेश मामिला तथा रेसिडेन्सीको जनरल डाइरेक्टरेटका एक उच्च अधिकारीका अनुसार वैध रेसिडेन्सी भिसा भएकाहरु १८० दिन वा ६ महिनासम्म बाहिर बसेकाले अझै यूएई फर्किन सक्ने छन् ।

यदि दुबई निवासी भए आइसीएसँग आफ्नो भिसा वैधता र फिर्ताको सम्भावनाको लागि परीक्षण गर्नु पर्ने जनाइएको छ ।

के नयाँ रोजगार भिसा पाईन्छ ?

यूएईले अक्टोबर अन्तिम सम्म नयाँ रोजगार भिसा जारी गर्न अनुमति दिएको थिएन ।

यद्यपि त्यस देशले कामका लागि परमिट र नयाँ भिसा प्रदान गर्न सुरु गरेको केही खास क्षेत्रहरूमा भिसा पाइने छ ।

अत्यावश्यक क्षेत्रहरूमध्ये एउटामा रोजगार पाइने र आवश्यकता अनुसार रोजगारदाता कम्पनीले नयाँ भिसा दिने जनाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ४८ बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि