डाट्सनको ‘अल न्यू रेडी गो’ गाडी नेपाली बजारमा | Khabarhub Khabarhub

डाट्सनको ‘अल न्यू रेडी गो’ गाडी नेपाली बजारमा


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

\काठमाडौँ– डाट्सनले आफ्नो नयाँ गाडी रेडी-गो नेपाली बजारमा प्रस्तुत गरेको छ । यो नयाँ रेडि-गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरुले भरिपूर्ण सुविधाहरु रहेका छन् । यसले वास्तवमै बोल्ड एवं नवीनस्तरमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

हेचब्याकको स्लीक एवं बोल्ड लुक्सको साथ पूर्ण क्रोम सराउन्डको साथ परिभाषित गरेको छ भिज्यूअल अपिलिङ्गको लागि एल सेप मीआरएलएस, स्लिक हेडल्याम्प्सको साथ सिल्भर डेकोरेशन, एलइडी फग ल्याम्प, १४ इन्च ह्वीलको साथ पेटेनेवल ड्युल टोन ह्वील कभर, एलइडी सिग्नेचर टायल ल्याम्प तथा डोर ट्रिम र फेब्रिक जस्ता सुविधाहरु समावेस गरिएका छन् ।

सार्वजनिक भएको उक्त गाडीको मूल्य नेपाली बजारमा २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । निशान ईन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोकका अनुसार नयाँ डाट्सन रेडी-गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन रहेको छ ।

यो जापानिज प्रविधिद्वरा निर्माण गरिएको छ, यसमा सेगमेन्ट लिडिङ सुविधाहरु विद्यमान् रहेका छन् । यसमा भएका सुविधा एवं विशेषताहरुले आजका युवा वर्गका अधिकांश आवश्यकताहरुलाई सहजै पूरा गर्नेछन् ।

डाट्सनको भ्यालु पोजिसनलाई अझै विस्तारित गरी प्रोग्रेसिभ मोविलिटीलाई बढाउँदै गइरहेको उनले बताए ।

सर्वोत्कृष्ट सुविधा एवं स्वामित्व

हेचब्याकमा १८७ एम एम को सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फोर्टले सेडानको जत्तिकै सुविधा उत्कृष्ट सुविधा प्रदान गर्दछ । यसमा एउटा आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्दछ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिन्छ ।

नयाँ रेडि-गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन्ः यसमा ८ इन्चको टच स्क्रीन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्ले मार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन इन्स्ट्रमेन्ट प्यानल पनि रहेको छ ।

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दृर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बढी स्टक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यू क्यामरा पनि रहेको छ ।

यो चाडबाडको मौसममा नयाँ रेडि–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुने छ । त्यसै गरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन् । त्यसै गरी स्मार्ट ड्राइभ अटोको भेरियन्ट पनि छिट्टै उपलब्ध हुनेछ ।

नयाँ रेडि–गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ । स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको छ ।

डाट्सनले १ वर्षको वा २० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको छ र यो प्रवर्धनात्मक अवधिमा खरिद गर्नुहुने ग्राहकहरुलका लागि भने विना अतिरिक्त शुल्क ३ वर्ष वा ३० किलो मिटरसम्म वारेन्टी प्राप्त हुनेछ । त्यसै गरी खरिद कर्ताले चालु आवको सवारी कर तथा काठमाडौं उपत्यका भित्र रोडसाइट सेवा पनि प्राप्त गर्नुहुने छ ।

ड्याट्सन गाडीको बारेमा

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा विश्वको तेस्रो ठूलो ब्राण्ड निशान तथा इन्फिनिटि जस्ता गाडीहरु विक्री वितरण गर्दै आइरहेको छ ।

सन् २०१२ मार्च देखि डाट्सनले विस्तारित बजारमा आफ्ना विभिन्न मोडलहरु उपलब्ध गराउँदै आएको छ । ८० वर्ष भन्दा लामो इतिहास बोकेको डाट्सन गाडी जापानिज प्रविधियुक्त गाडी हो र यो निशानको एक हिस्सा पनि बनेको छ । डाट्सन गाडी भारत, इन्डोनेसिया, रसिया तथा साउथ अफ्रिका जस्ता देशहरुमा सर्वाधिक लोकप्रिय बन्दै आएको छ ।

आजका युवा पिँढीको आवश्यकतालाई मध्यनर गरी उनीहरुका आवश्यकतालाई पूरा गर्ने उद्देश्य सहित यस गाडीको निर्माण गरिएको छ । शक्तिशाली जापानिज इन्जिन जडित यस गाडीमा सेफ्टी एवं ड्राइभिङ्गको जीवन्त अनुभव प्राप्त गर्न सकिने छ ।

आकर्षक डिजाइन, तथा अद्वितीय विशेषतायुक्त डाट्सन गाडीका आफ्नै विशेषताहरु विद्यमान रहेका छन् । ग्राउन्ड क्लियरेन्स, सेफ्टी तथा स्टोरेज जस्ता अत्यावश्यकीय सुविधाहरु यस कारमा रहेका छन् ।

डाट्सनको इतिहासका बारेमा

करिव एक शतक वर्ष अगाडि १९१४ मा जापानमा स्थापना भएको थियो । ड्याटको शाब्दिक अर्थ जापानिजमा शीघ्र रुपमा चम्कनु भन्ने हुन्छ । यसको पहिलो अक्षरले तीनजना वित्तीयकर्ताहरु को थरबाट राखिएको हो । डेन, आयोमा तथा ताकेयुचीको पहिलो अक्षर मिलाएर बनाइएको हो ।

यही अक्षरहरुको संयोजनमा ड्रुबल, एट्र्याक्टीभ तथा ट्रस्टवर्दीका ३ वटा विशेषताहरुको छोटोकरीको रुपमा पनि लिइएको छ । सन् १९३३ मा निशान गाडीका मालिक योशिशुके आइकावाले मोबिलिटी फर अल भन्ने मान्यताका साथ आफ्नो व्यापार समाले पछि सस्तो एवं बलियो गाडिहरुको निर्माण गर्न थालियो ।

यसपछि ड्याटका छोरोको रुपमा जापानिजहरुले ड्याट सनलाई लिने गरेको पाइन्छ । त्यसपछि यो ड्याट सनको रुपमा प्रचलित भई व्यापक रुपमा उत्पादन प्रारम्भ गरेको इतिहास रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ३४ बजे

तेस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र बनारसमा मोदी

काठमाडौं– तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन

५०० हेक्टरभन्दा बढी क्षमताका सिँचाइ आयोजना संघीय सरकारले बनाउने

काठमाडौं– पहाडी भेगमा ५०० हेक्टरभन्दा बढी सिँचाइ क्षेत्रफलमा सिँचाइ क्षमता

एमालेको स्पष्टीकरण : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन, उहाँ हाम्रो अभिभावक

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको

राठीकोलका ‘ब्रान्ड एम्बेस्डर’ बने राजेश हमाल

काठमाडौं – स्वदेशी एडेसिभ ब्रान्ड राठीकोलले अभिनेता राजेश हमाललाई ब्रान्ड

बेनी-दरबाङ सडक कालोपत्र, स्थानीयलाई सहज

गलेश्वर– बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मंगला गाउँपालिकाको