अन्योलमा क्यान साधारणसभा « Khabarhub

अन्योलमा क्यान साधारणसभा


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा तत्काल नहुने देखिएको छ । असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले यहिँ २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो ।

तर, अध्यक्ष चतुरबहादुर चन्द र सचिव असोकनाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएपछि अहिले आइसोलेसनमा छन् । क्यानका दुवै महत्वपूर्ण पदाधिकारी कोरोनाको चपेटामा हुँदा र साधारण सभा अगाडि हुनु पर्ने बोर्ड बैठकसमेत नबस्दा क्यान साधारण सभा लगभग नहुने आकलन हुन थालेको छ ।

क्यानका केन्द्रीय सदस्य छुम्बी लामा साधारण सभा आईसीसीको म्यान्डेट भएका कारण गर्नै पर्ने तर, अहिले अध्यक्ष र सचिव नै आइसोलेनमा हुँदा यसबारे छलफल हुन नसकेको बताउँछन् ।

क्यान बैठकले सम्भव भए फिजिकल रुपमा नभए भर्चुअल रुपमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।

तर, साधारण सभा अगाडि बोर्ड बैठक बसेर साधारण सभाका लागि एजेन्डा छुट्याउनु पर्ने र त्यो समेत नभएका कारण अहिलेको अवस्थामा साधारण सभा हुन नसक्ने उनी बताउँछन् ।

‘साधारण सभा महत्वपूर्ण कुरा हो । यो आईसीसीकै म्यान्डेट हो । एक वर्षपछि गर्नै पर्छ भनेको छ । त्यसमा पछिल्लो एक वर्षको कार्य विवरणदेखि प्रशिक्षक, ग्राउण्ड स्टाफ, अडिट रिर्पोट जस्ता सबैका विषय समेटिन पर्छ,’ केन्द्रीय सदस्य लामाले भने।

अब यो आईसीसीसँग सम्मन्वय गरेर रोक्नु कहिले गर्ने भन्ने निश्चित गर्नु पर्ने लामाको भनाई छ । चितवनमा यसअघि बसेको बोर्ड बैठकले खेलाडी बर्गिकरण, खेलाडीको तलब बृद्धि, अभ्यास सुरु गर्न पहल गर्ने, मंसिरमा राष्ट्रिय प्रतियोगिता गर्ने जस्ता निर्णय गरेको थियो ।

यसमा खेलाडीको वर्गिकरणको विषय निकै पेचिलो बनेपछि क्यानले पुन वर्गिकरण गर्ने बताइसकेको छ । साधारण सभा समेत हुन सकेन भने मंसिरमा राष्ट्रिय प्रतियोगिता गर्ने विषय पनि निर्णयमै सीमित हुने पक्का छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ५६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका