अन्योलमा क्यान साधारणसभा « Khabarhub

अन्योलमा क्यान साधारणसभा


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा तत्काल नहुने देखिएको छ । असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले यहिँ २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो ।

तर, अध्यक्ष चतुरबहादुर चन्द र सचिव असोकनाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएपछि अहिले आइसोलेसनमा छन् । क्यानका दुवै महत्वपूर्ण पदाधिकारी कोरोनाको चपेटामा हुँदा र साधारण सभा अगाडि हुनु पर्ने बोर्ड बैठकसमेत नबस्दा क्यान साधारण सभा लगभग नहुने आकलन हुन थालेको छ ।

क्यानका केन्द्रीय सदस्य छुम्बी लामा साधारण सभा आईसीसीको म्यान्डेट भएका कारण गर्नै पर्ने तर, अहिले अध्यक्ष र सचिव नै आइसोलेनमा हुँदा यसबारे छलफल हुन नसकेको बताउँछन् ।

क्यान बैठकले सम्भव भए फिजिकल रुपमा नभए भर्चुअल रुपमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।

तर, साधारण सभा अगाडि बोर्ड बैठक बसेर साधारण सभाका लागि एजेन्डा छुट्याउनु पर्ने र त्यो समेत नभएका कारण अहिलेको अवस्थामा साधारण सभा हुन नसक्ने उनी बताउँछन् ।

‘साधारण सभा महत्वपूर्ण कुरा हो । यो आईसीसीकै म्यान्डेट हो । एक वर्षपछि गर्नै पर्छ भनेको छ । त्यसमा पछिल्लो एक वर्षको कार्य विवरणदेखि प्रशिक्षक, ग्राउण्ड स्टाफ, अडिट रिर्पोट जस्ता सबैका विषय समेटिन पर्छ,’ केन्द्रीय सदस्य लामाले भने।

अब यो आईसीसीसँग सम्मन्वय गरेर रोक्नु कहिले गर्ने भन्ने निश्चित गर्नु पर्ने लामाको भनाई छ । चितवनमा यसअघि बसेको बोर्ड बैठकले खेलाडी बर्गिकरण, खेलाडीको तलब बृद्धि, अभ्यास सुरु गर्न पहल गर्ने, मंसिरमा राष्ट्रिय प्रतियोगिता गर्ने जस्ता निर्णय गरेको थियो ।

यसमा खेलाडीको वर्गिकरणको विषय निकै पेचिलो बनेपछि क्यानले पुन वर्गिकरण गर्ने बताइसकेको छ । साधारण सभा समेत हुन सकेन भने मंसिरमा राष्ट्रिय प्रतियोगिता गर्ने विषय पनि निर्णयमै सीमित हुने पक्का छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ५६ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी