सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय « Khabarhub

सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको बताएका हुन् ।

डा गौतमलले असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड कमाण्ड समितिको बैठकले यस्तो निर्णय गरिएको बताए । उनले स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय गरिएको बताए ।

यस्तै अस्पतालहरुमा कुनै पनि रोगका बिरामीको आकस्मिक अवस्था बाहेकका शल्यक्रिय नगराउन पनि सबै अस्पतालाई मन्त्रालयले निर्देशन दिएको छ । संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्र शल्यक्रिय गर्न उपत्यकाका सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

उनले महमोहन शिक्षा अस्पताल दहचोक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तीपुरमा संचालित आइसोलेसन सेन्टरलाई लक्षण सहितका कोरोना संक्रमित राख्ने गरी स्तरउन्नति गर्ने निर्णय गरिएको छ ।

यस्तै सार्वजनिक स्थल, सार्वजनिक यातायताहरुका संचालन ताथ व्यवस्थापकलाई कोरोना नियन्त्रणका लागि भूमिका निभाउन, उक्त स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गराउन सम्बन्धित मन्त्रालयलाई परिपत्र गर्ने निर्णय समेत गरेको छ ।

यस्तै चाडपर्व मनाउन हुने यात्रा तथा चहलपहल नियन्त्रणको पहल गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुसँग अन्य व्यक्तिको प्रत्यक्ष भेटघाट नहोस् भनेर वडा स्तरमा सचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

यस्तै वडा स्तरबाट नै होम आइसोलेसनमा भएका संक्रमति तथा उनीहरुको सम्र्कपमा आउनेहरुलाई निगरानी गराउन निर्देशन दिने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ५९ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा