सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय « Khabarhub

सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको बताएका हुन् ।

डा गौतमलले असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड कमाण्ड समितिको बैठकले यस्तो निर्णय गरिएको बताए । उनले स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय गरिएको बताए ।

यस्तै अस्पतालहरुमा कुनै पनि रोगका बिरामीको आकस्मिक अवस्था बाहेकका शल्यक्रिय नगराउन पनि सबै अस्पतालाई मन्त्रालयले निर्देशन दिएको छ । संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्र शल्यक्रिय गर्न उपत्यकाका सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

उनले महमोहन शिक्षा अस्पताल दहचोक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तीपुरमा संचालित आइसोलेसन सेन्टरलाई लक्षण सहितका कोरोना संक्रमित राख्ने गरी स्तरउन्नति गर्ने निर्णय गरिएको छ ।

यस्तै सार्वजनिक स्थल, सार्वजनिक यातायताहरुका संचालन ताथ व्यवस्थापकलाई कोरोना नियन्त्रणका लागि भूमिका निभाउन, उक्त स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गराउन सम्बन्धित मन्त्रालयलाई परिपत्र गर्ने निर्णय समेत गरेको छ ।

यस्तै चाडपर्व मनाउन हुने यात्रा तथा चहलपहल नियन्त्रणको पहल गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुसँग अन्य व्यक्तिको प्रत्यक्ष भेटघाट नहोस् भनेर वडा स्तरमा सचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

यस्तै वडा स्तरबाट नै होम आइसोलेसनमा भएका संक्रमति तथा उनीहरुको सम्र्कपमा आउनेहरुलाई निगरानी गराउन निर्देशन दिने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ५९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई