कोभिडका बीच स्वास्थ्य मन्त्रालयले के के काम गरिरहेको छ ? | Khabarhub Khabarhub

कोभिडका बीच स्वास्थ्य मन्त्रालयले के के काम गरिरहेको छ ?


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंया मन्त्रालयले कोरोना नियन्त्रण तथा रोकथाम लगायत स्वास्थ्य सेवा प्रवाहका लागि गरेका कामहरुबारे जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट माफर्त स्वास्थ्य मन्त्रालयले गरेका कामहरुको विषयमा जानकारी गराएका हुन् ।

डा गौतमले स्वास्थ्य मन्त्रालयले गरीरहेका काम तथा आगामी योजनाबारे २९ बुंदे कार्ययोजना प्रस्तुत गरेका छन् ।

डा गौतमले जनस्वास्थ्य सेवा नियमावली, २०७७ जारी गरी कार्यान्वयनमा ल्याइएको, सातै प्रदेशका १४ वटा अस्पतालबाट गरिब तथा विपन्नवर्ग लाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन कायविधि जारी गरी रू. १४ करोड रकम हस्तान्तरण गरीएको जानकारी दिए ।

यस्तै आकस्मिक सेवालाई थप व्यवस्थित बनाई अकालमा हुने मृत्यु कम गर्न पूर्व अस्पताल सेवा सहितको एकीकृत एम्बुलेन्स सेवा सञ्चालन प्रारम्भ भैसकेको पनि बताए ।

डा गौतमलले हाललाई देशका विभिन्न १० अस्पतालमा ट्रमायुनिट बनाउने गरी हरेक युनिटको लागि रू. ५० लाखका दरले ५ करोड बजेट बिनियोजन भइसकेको पनि बताए ।

यस्तै कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ९ करोडका दरले आकस्मिक कक्ष निर्माणका लागि ३६ करोड रकम पठाइएको पनि जानकारी दिए ।

स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न सबै अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्न सबै प्रदेशमा अभिमुखीकरण तालिम सम्पन्न हुनका साथै अधिकांश संघीय अस्पतालहरूमा मापदण्ड अनुसार सेवाहरू सञ्चालन भए नभएको अनुगमन गरी पृष्ठपोषण दिने प्रणाली विकास गरिएको डा गौतमको भनाइ छ ।

स्वास्थ्यमा सर्वव्यापीपहुँच सुनिश्चित गर्नेउद्देश्यले स्वास्थ्य प्रणालीलाई व्यापक सुधार गर्ननेपाल सरकारको आ.व. २०७७÷७८ को नीतितथाकार्य क्रममा समावेश भएका स्वास्थ्य क्षेत्रको पुनर्संरचना गर्ने कार्य हरू भइरहेको पनि डा गौतमले बताए ।

यस्तै ५, १० र १५ बेडका आधारभूत अस्पतालहरू, २५ र ५० बेडका जिल्ला स्थित प्रादेशिक अस्पतालहरू, २०० बेडका प्रादेशिक जनरल अस्पतालहरू र संघ अन्तर्गतका अस्पतालहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारम्भिक कार्यभइसकेको प्रवक्ता डा गौतमले बताए ।

चालु आर्थिक बर्ष मा ३८६ स्थानी यतहमा आधारभूत अस्पताल निर्माणको लागि रु ६ र्अब ४ करोड बजेट बिनियोजन गरी सम्वन्धित स्थानीय तहमा पठाएको डा गौतमको भनाइ छ ।

यस्तै सावकिका ५२ वटा जिल्ला अस्पतालहरूलाई ५० शैया बनाउन प्रति शैया एक लाखका दरले ८६६ बेड थप्ने गरी रू. ८ करोड ६६ लाख रकम विनियोजन भइ सम्बन्धित अस्पतालमा पठाइएको डा गौतमले जानकारी दिए ।

उनले साबिक अञ्चल तथा उपक्षेत्रीय अस्पताललाई २०० शैया बनाउन ११ अस्पतालमा १हजार ३५ बेड थप गर्न रू. १० करोड ३५ लाख रकम सम्बन्धित अस्पताललाइ पठाइसकिएको पनि बताए ।

स्वास्थ्य संस्थान भएका नभएका २ हजार ६ सय २६ वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण र स्वास्थ्य सेवा सञ्चालनको लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको उनको भनाइ छ ।

यस्तै संघ अन्तर्गतका कोशी, नारायणी ,भरतपुर, भेरी, डडेल्धुरा अस्पतालहरू तथा पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई ७ करोडका दरले ४९ करोड रकम निकासा गरी सबै अस्पतालहरूमा ५०० शैया पु¥याउने कार्य भइरहेको डा गौतमले बताए ।

यस्तै सरूवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको न्यूनतम ५० शैयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरूवा रोग अस्पताल स्थापना गर्न प्रत्येक प्रदेशमा रु ८ करोडका दरले रु ५६ करोड बजेट पठाईएको डा गौतमले बताए ।

यस्तै काठमाडौं उपत्यकामा ३ सय शैयाको सरुवा रोग अस्पताल स्थापना गर्न भवन तथा जग्गा खरिद सम्बन्धी कार्य शुरु भएको डा गौतमले बताए ।

डा गौतमका अनुसार अस्पताल नभएका सबै ६४९ वटा पालिकाहरूमा ५ बेडको अस्थायी अस्पताल बनाउन बजेट बिनियोजन गरी स्थानीयतहमा पठाई सकिएको र आधारभूत स्वास्थ्य सेवामा थप ३ हजार २४५ शैयाहरु थप भै कूल ६ हजार २०२ बेड थप भएका छन् ।

यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पतालहरूलाई थपमितव्ययी, ब्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐनहरू तर्जुमाको प्रारम्भिक कार्य भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सीमाका प्रमुख नाकाहरूमा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टिन गृह स्थापनाको लागि अवधारणा पत्र र स्थायी दरबन्दी सिर्जना गर्न संगठन तथा व्यवस्थापन सर्वे क्षणको प्रारम्भिककार्य भएको पनि डा गौतमले बताए ।उनका अनुसार यसै बर्ष १३ वटा नाकामा हेल्थडेस्क स्थापना गर्न १० करोड १५ लाख ६० हजार रकम पठाइ कार्यारम्भ भएको छ ।

यस्तै स्वास्थ्य संस्थाहरूबाट सेवाग्राहीले प्राप्त गर्नेसेवाको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न एक चिकित्सक÷स्वास्थ्यकर्मी –एक स्वास्थ्य संस्थाकार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि तर्जुमा गरी मन्त्रीपरिषदमा पेश गरिएको छ ।

केन्द्रिय अस्पतालहरूले तोकिएका स्थानमानियमित रुपमा स्याटेलाईट अस्पताल सञ्चालन सम्बन्धी कार्यविधि जारी गरी १८ अस्पतालहरुलाई रु. ५४ लाख रकम उपलव्ध गराइएको छ ।

डा गौतमका अनुसार प्रत्येक मेडिकल कलेजले जिल्ला स्थितकम्तिमा एक अस्पतालमा शल्यचिकित्सा सहितको सेवादिनु पर्ने कार्यविधितर्जुमा गरी अर्थमन्त्रालयमा राय÷सहमतिको लागि पेश गरिएको छ ।

यस्तै वडास्तरीय सेवा केन्द्रबाट ४० बर्षमाथिकानागरिकको रक्तचाप, ग्लुकोज र अल्बुमिन जाँचको लागि कार्यविधि तयार गरी सबै स्थानीय तहमा वजेट पठाई कार्यान्वयनको क्रममा छ ।

महिलाहरूमा हुने सर्भाईकल क्यान्सर तथा स्तनक्यान्सर रोगको समयमै पहिचान र उपचार गर्ननिर्देशिका जारी गरी स्थानीय तहमा वजेट पठाउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

यस्तै कोभिड १९ को महामारीलाई लक्षित गरी चालु आ.ब.मा मात्र विभिन्न अस्पतालहरुमा १०५ भेन्टीलेटर सहित २८८ वटा आइसियू कक्ष थप विस्तार गरिएको प्रवक्ता डा गौतमले बताए ।

उनले हालसम्म देशभर कोभिड परीक्षणको लागि सरकारी स्तरमा ४० र निजी स्तरमा १८ गरी दैनिक २६ हजार नमूना परीक्षण गर्ने क्षमताका कूल ५८ वटा प्रयोगशालाहरु विस्तार गरिएको बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : २३ बजे

कार्यवाहक प्रधानमन्त्रीले सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्राकृतिक विपद्को सामना गर्ने विषयमा

नेपालमा बाढी चल्दा भारतमा अत्यास, २४ घण्टे क्याम्प लगाउन निर्देशन

काठमाडौं – दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण धनजनको क्षति

माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित

मनाङ– देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको

महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा

जलेश्वर – चारदिनदेखिको अविरल वर्षाले जिल्लाका अधिकांश नदी तथा खोलामा

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ