पदाधिकारीमा कोरोना देखिएपछि क्यानको साधारणसभा स्थगित  « Khabarhub

पदाधिकारीमा कोरोना देखिएपछि क्यानको साधारणसभा स्थगित 


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा तत्कालका लागि स्थगित भएको छ । क्यानका पदाधिकारीमा कोरोना देखिएपछि साधारणसभा स्थगित भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसअघि अक्टोेबर १५ भित्र साधारण सभा गरिसक्न भनेपछि क्यानले यहिँ २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

चितवनमा असोज पहिलो हप्ता बसेको क्यानको बोर्ड बैठकले साधारण सभा २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव असोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहिले साधारणसभा स्थगित भएको हो ।

क्यानले आईसीसीलाई माघ १५ भित्र साधारणसभा गरिसक्ने भन्दै पत्र काट्ने तयारी गरेको क्यान स्रोतले बताएको छ ।

‘यसअघि आईसीसीले अक्टोबर १५ भित्र गर्न भनेको थियो । तर, अहिले पदाधिकारीहरुलाई नै कोरोना देखिइसकेपछि पछि सार्न खोजिएको हो,’ क्यान स्रोतले भन्यो, ‘अब माघ १५ भित्र गरिसक्ने गरि तयारी थाल्ने क्यानले बताएको छ ।’

आईसीसीले एक वर्षभित्र वार्षिक साधारण सभा गर्नुपर्ने र त्यसमा पछिल्लो एक वर्षमा क्यानले गरेका कामदेखि अडिट रिर्पोटहरु सार्वजनिक गर्नुपर्ने म्यान्डेट राखेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : १९ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने