आईपीएलमा बैँगलोरको पाँचौँ जित « Khabarhub

आईपीएलमा बैँगलोरको पाँचौँ जित


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।

सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए ।

कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।

जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ ।

७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : ५६ बजे

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख