विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु « Khabarhub

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७५६ जनाको मृत्यु भएको छ । योसँगै मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १५१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख  ७३ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ३ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३१ हजार ८२३ जनाको मृत्यु भएको छ । ६१ लाख ४७ हजार २३१ जना संक्रमित भएकोमा ३० लाख ४३ हजार ८९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु