संक्रमणमुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भए ट्रम्प « Khabarhub

संक्रमणमुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भए ट्रम्प


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमण मुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भएका छन् ।

ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीका अनुसार स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी १२ दिनपछि संक्रमण मुक्त भएका हुन्  । कोरोना भाइरसबाट मुक्त भएसँगै उनी फ्लोरिडाको सनफोर्डमा चुनावी र्‍यालीमा सहभागी भएका छन् ।

उक्त सभालाई सम्बोधन गर्दै ट्रम्पले आफू रोग प्रतिरोधी भएको बताएका छन् । उनले भने,’म रोगप्रतिरोधी भए, अब मलाई भाइरसले आक्रमण गर्दैन ।’

अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फ्लोरिडाको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए । उनले सञ्चारमाध्यम पनि पक्षपाती भएको बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : २५ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी