सुनसरी, मकवानपुर र चितवनमा थप ४१४ जनामा संक्रमण « Khabarhub

सुनसरी, मकवानपुर र चितवनमा थप ४१४ जनामा संक्रमण


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन, मकवानपुर र सुनसरीमा गरी थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्याव र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्।

प्रयोगशालाका अनुसार थपिएका संक्रमितमा चितवनका ७२ जना छन् । यस्तै नवलपुर र मकवानपुरका ५/५, काठमाडौं, भक्तपुर, नुवाकोट, काभ्रे,गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ७७ जना पुरुष र ४८ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय ७, बागमती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका एक र जिल्ला बाहिरका ३ जना रहेका छन् ।

धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जना र ९३ जनाको बीपी प्रतिस्ठानमा गरिएको स्बाव परीक्षणका क्रममा थप १९७ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए ।

थप १ सय ९७ संक्रमित भएसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : २५ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी