परीक्षण गरिएका व्यक्ति बिरामी भएपछि जोन्सन एन्ड जोन्सनको खोप परीक्षण स्थगित « Khabarhub

परीक्षण गरिएका व्यक्ति बिरामी भएपछि जोन्सन एन्ड जोन्सनको खोप परीक्षण स्थगित


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण रोकेको छ ।

खोप परीक्षण गरिएका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको कम्पनीले जानकारी दिएको छ ।

‘खोप दिइएपछि एक जना बिरामी भएकाले हामीले अस्थायी रुपमा कोभिड–१९ खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौँ, जसमा तेस्रो चरणको इन्सेम्बल परीक्षण पनि रहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो ।

अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइसकेको अवस्थामा खोपको असर देखिएपछि कोरोनाको भ्याक्सिन  विकासमा ढिलाई हुने भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ३७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण