देशभर २४ घण्टामा ३५५६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा ३५५६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालका अनुसार १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । यसैगरी नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९१५ रहेको मन्त्रालयले छ ।

२४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ रहेको थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : २३ बजे

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो ? धान फल्यो ?

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका

दमौलीमा हुलाकको प्रभावकारिता कायमै

दमौली- जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी