सरकारको नयाँ अभियान: बैंकमा खाता खोल्नुहोस्, १०० रुपैयाँ पाउनुहोस् | Khabarhub Khabarhub

सरकारको नयाँ अभियान: बैंकमा खाता खोल्नुहोस्, १०० रुपैयाँ पाउनुहोस्


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले नयाँ वर्षको अवसर पारेर नयाँ अभियानको घोषणा गरेको छ । सरकारले आइतबारदेखि सबै नेपालीको बैंक खाता खोलाउने राष्ट्रिय अभियान शुरु गरेको हो ।

‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले सबै नेपालीको बैंक खाता खोलाउने राष्ट्रिय अभियान शुरु गरेको हो ।

आइतबार राष्ट्रिय सभागृहमा एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराअन्तर्गत सरकारले वित्तीय पहुँच, वित्तीय समावेशिता र वित्तीय साक्षरक्षा अविभृद्धि गर्न सबै नेपालीको बैंक खाता खोलाउने अभियान शुरु गरेको हो ।

सरकारले यो अभियानअन्तर्गत बैंक खाता खोल्ने नागरिकको खातामा १०० रुपैयाँ जम्मा गर्न पनि सबै वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरिसकेको छ ।

जसअनुसार अब वाणिज्य बैंकमा खाता खोल्दा बैंक आफैंले १०० रुपैयाँ जम्मा गरिदिने छ । बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै स्थानीय तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १२ : ३५ बजे

हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोल्न लागेको उज्यालो नेपाल पार्टीमा कोशी

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मधेश

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको