नेसन्स लिग : जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो « Khabarhub

नेसन्स लिग : जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेसन्स लिग फुटबलमा जर्मनी स्विट्जरल्याण्डसंग बराबरीमा रोकिएको छ ।

मंगलबार राति जर्मनीले स्विट्जरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि बराबरी भएको खेलमा गोल गरेका थिए । चेल्सीका दुवै खेलाडीले घरेलु टोलीलाई बराबरीमा ल्याउन गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे ।

खेलमा दुई पटक अग्रता लिए पनि अन्तिममा १० खेलाडीमा सीमित बनेको स्विट्जरल्याण्डले अंक बाँड्न बाध्य भयो ।

स्विट्जरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ । जर्मनी दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा