नेसन्स लिग : जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो | Khabarhub Khabarhub

नेसन्स लिग : जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेसन्स लिग फुटबलमा जर्मनी स्विट्जरल्याण्डसंग बराबरीमा रोकिएको छ ।

मंगलबार राति जर्मनीले स्विट्जरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि बराबरी भएको खेलमा गोल गरेका थिए । चेल्सीका दुवै खेलाडीले घरेलु टोलीलाई बराबरीमा ल्याउन गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे ।

खेलमा दुई पटक अग्रता लिए पनि अन्तिममा १० खेलाडीमा सीमित बनेको स्विट्जरल्याण्डले अंक बाँड्न बाध्य भयो ।

स्विट्जरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ । जर्मनी दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ४५ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान