सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू « Khabarhub

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोसम्बन्धी मानवीय रूपमा संवेदनशील तस्बिर, भिडियो र सन्देश प्रकाशन-प्रसारण नगर्न अपिल गरेको छ।

मन्त्रालयले बिहीबार एक सन्देश जारी गर्दै सञ्चारमाध्यम तथा आमनागरिकले त्यस्ता सामग्री प्रसारण तथा प्रकाशनमा रोक लगाउनुपर्ने भनेको हो ।

मन्त्रालयले बिहीबार अपिल जारी गर्दै विपद्को संवेदनशील अवस्थामा समाचार तथा सूचना सम्प्रेषणले उद्धार, राहत र जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार ढंगले सूचना प्रवाह गर्न आग्रह गरेको हो।

मन्त्रालयले विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समिति जस्ता आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ।

त्यस्तै, अपुष्ट, कपोलकल्पित, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सिर्जना गरिएका भ्रामक सामग्री तथा सर्वसाधारणमा त्रास फैलाउने खालका अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले भनेको छ।

मन्त्रालयले सामाजिक सञ्जालमा बाढीपहिरोका हृदयविदारक घटना, तस्बिर, भिडियो तथा विवरण पोस्ट वा रिपोस्ट नगर्न पनि आग्रह गरेको छ। यस्ता सामग्रीले विपद्मा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप पीडा पुग्न सक्ने मन्त्रालयको भनाइ छ।

विपद्का बेला भयावह तथा विचलित बनाउने सामग्री प्रकाशन, प्रसारण, अपलोड, शेयर, पोस्ट वा रिपोस्ट नगरी सही, तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषण गर्न मन्त्रालयले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

‘यस कठिन समयमा सही, तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषण गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन’ मन्त्रालयले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासमक्ष विशेष अपिल गरेको छ।

अपिलमा विपद्बाट प्रभावित तथा पीडितप्रति मानवीय संवेदनशीलता कायम राख्नसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ४ : १४ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न