सुनसरीको धरानमा थप एक संक्रमितको मृत्यु, ११३ जनामा संक्रमण « Khabarhub

सुनसरीको धरानमा थप एक संक्रमितको मृत्यु, ११३ जनामा संक्रमण


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बस्दै आएका धरान १५ का ६२ वर्षीय पुरूषको आज बिहान ५:४५ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए ।

मृतक वृद्ध कहिले संक्रमित थिए भन्ने केही खुलेको छैन । योसंगै धरानममा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यस्तै धरानमा थप ११३ जनामा संक्रमण पुष्टि भएको छ । मेहताका अनुसार सोमबार इलाका प्रहरी कार्यालयमा थुनुवा र स्थानीय गरी ४९ जनामा स्वाव संकलन गरिएकोमा २७ मा संक्रमण पुष्टि भएको छ ।

बाँकी ८६ जना बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गराएकाहरू रहेको उनले बताए । योसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : १८ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग