सुनसरीको धरानमा थप एक संक्रमितको मृत्यु, ११३ जनामा संक्रमण « Khabarhub

सुनसरीको धरानमा थप एक संक्रमितको मृत्यु, ११३ जनामा संक्रमण


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बस्दै आएका धरान १५ का ६२ वर्षीय पुरूषको आज बिहान ५:४५ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए ।

मृतक वृद्ध कहिले संक्रमित थिए भन्ने केही खुलेको छैन । योसंगै धरानममा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यस्तै धरानमा थप ११३ जनामा संक्रमण पुष्टि भएको छ । मेहताका अनुसार सोमबार इलाका प्रहरी कार्यालयमा थुनुवा र स्थानीय गरी ४९ जनामा स्वाव संकलन गरिएकोमा २७ मा संक्रमण पुष्टि भएको छ ।

बाँकी ८६ जना बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गराएकाहरू रहेको उनले बताए । योसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु