वास्तुका हिसाबले कस्तो हुनुपर्छ कार्यालय ? « Khabarhub

वास्तुका हिसाबले कस्तो हुनुपर्छ कार्यालय ?


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक ब्यक्तिको चाहाना हुन्छ, उसको कार्यालय राम्ररी चलोस् । कार्यालयमा सहज र सुमधुर वातावरण होस् र काम तिव्र गतिमा होस् ।

सबैले चाहान्छन् बिना रुकावट र समस्याविहिन कार्यालय सञ्चालन होस् । तर कतिपय अवस्थामा सम्पुर्ण सामाग्री, मेहनतका बावजुद पनि कार्यालयमा राम्ररी सञ्चालन हुन पाउदैन । साथै क्षती समेत हुनसक्छ । यदि यस्तो समस्या भोगिरहनु भएको छ भने आज हामी वास्तुका उपायले कार्यालय राम्ररी सञ्चालन गर्ने उपायबारे जानकारी दिदैछौँ ।

१.प्रवेशद्वार

कार्यालयको मुख्य प्रवेशद्वारमा रातो, सिम्रिक, पहेलो, गुलाबी वा सेतो रंग लगाउनु पर्दछ । तर भुलेर पनि कार्यालयको मुख्यद्वारको रंग कालो वा निलो हुनु हुदैन ।

२. दराज
वास्तुशास्त्र अनुसार कार्यालयको मुख्य फाइल तथा सामाग्री राख्ने दराज दक्षिण वा पश्चिम दिशामा हुनु पर्दछ । फाइल राख्ने दराज राम्ररी अडिएको र सफा स्थानमा हुनुपर्दछ ।

३. कम्प्यूटर
वास्तुशास्त्र अनुसार कार्यालयमा राखिने कम्प्यूटर दक्षिण पूर्व दिशामा हुनु पर्दछ । यसो गरे धन लाभ हुनेछ । साथै कार्यालयको वातावरण सौहाद्र रहने छ ।

४. भान्सा वा क्यान्टिन
वास्तुशास्त्र अनुसार कार्यालयमा भान्सा वा क्यान्टिन दक्षिण पूर्व दिशामा हुनु पर्दछ । यस दिशामा खानपानको सामाग्री रहे अत्यधिक लाभ हुनेछ ।

५. ट्वाइलेट
वास्तुशास्त्र अनुसार कार्यालयको ट्वाइलेट पूर्व, उत्तर दिशामा हुनु हुदैन । यसले हानी पूर्याउँछ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : ४८ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका