किन लाग्छ बाथरोग ? | Khabarhub Khabarhub

किन लाग्छ बाथरोग ?


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा थाहै नभइ हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले आक्रमण गर्दछ । यस्तै रोगमध्ये एक हो बाथ ।

शरीरमा हुने रोग प्रतिरोधात्मक पद्धतिको असन्तुलनले बाथ रोग लाग्ने गर्दछ । शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि बाथ रोग उत्पन्न हुन्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुर्‍याउँछ । सामान्यतया बाथरोगमा जोर्नी दुख्ने लक्षण नै मुख्य हो ।

जोर्नीबाहेक शरीरका अन्य भागहरु फोक्सोमा लागे दम आउने, अक्सिजन घट्दै जाने, हातखुट्टाहरु निलो हुँदै जाने, खकार लाग्ने, खकारमा रगत देखिने हुन्छ । किड्नीमा लागे पिसाबबाट रगत जाने, पिसाबबाट प्रोटिनहरु जाने, त्यसले गर्दा जिउहरु दुख्ने त्यस्तो समस्याहरु देखिन सक्छ ।

त्यस्तै मस्तिष्कमा बाथरोग लागे मिर्गी रोग लाग्ने वा बेहोस हुने समस्याहरु देखिन सक्छ । कुन अङ्गमा बाथरोग लाग्छ, त्यस अनुसार फरक फरक लक्षण हुन सक्छ ।

बाथरोगले कपालदेखि नङ्सम्म असर गर्दछ । बाथ रोगले मान्छेको ज्यान लिने संभावना कम हुन्छ । तर अपाङ्गसम्म बनाउन सक्छ । बाथ रोग सक्रिय भए उपचार गर्नुपर्दछ अन्यथा उपचार गर्नु पर्दैन । तथापी बाथका बिषयमा चिकित्सकको परामर्श अनिवार्य हुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : १३ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका