कुवेतमा मास्क नलगाउनेलाई सय दिनार जरिवाना, नेपाल माथिको प्रतिबन्ध कायमै | Khabarhub Khabarhub

कुवेतमा मास्क नलगाउनेलाई सय दिनार जरिवाना, नेपाल माथिको प्रतिबन्ध कायमै



दोहा- कोरोना सङ्क्रमित बढेसंगै कुवेत सरकारले मास्क नलगाउने तथा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई तत्काल जरिवाना लगाउने सम्बन्धी मस्यौदा मन्त्रिपरिषदमा पेस गरेको छ ।

उक्त मस्यौदामा मास्क नलगाउनेलाई तत्काल ५० देखि १०० दिनारसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको कुवेतको कोरोना भाइरस संकट व्यवस्थापन समितिले जनाएको छ ।

कुवेतमा पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख १२ हजार ७३७ पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म उपचारपछि निको हुनेको संख्या १ लाख ४ हजार ५०८ पुगेको छ ।

यस्तै कुवेतमा कोरोनाले ६७२ जनाले ज्यान गुमाईसकेको मन्त्रालयले जनाएको छ ।

कुवेतले सुरुवाती चरणमा सङ्क्रमित नेपालीको संख्या खुलाए पनि पछिल्लो समयमा राष्ट्रियतबारे केहि खुलाएको छैन् ।

कुवेतमा के कति नेपाली श्रमिक कोरोनाबाट संक्रमित छन् भन्ने बारे कुवेतस्थित नेपाली दूतावाससंग पनि तथ्यांक छैन ।

यस्तै कुवेतले कोरोना महामारीका कारण नेपाल माथि लगाएको प्रतिबन्ध अझै हटाएको छैन ।

नेपालबाट कुवेत फर्किनेहरु संयुक्त अरब एमिरेट्स (यूएई) हुँदै त्यहाँ १४ दिन क्वारेनटाइमा बसेर कुवेत जाने गरेका छन् । यसरी फर्किदा दुई लाखसम्म खर्च हुने गरेको उनीहरु बताउँछन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : १५ बजे

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय